• बिहिबार, साउन १४ २०८३

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिने


बुधबार, कार्तिक १० २०७८
705
Shares

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत विभाजन अघि नै राजीनामा दिने भएकी छन् ।

गण्डकी प्रदेश सभामा एमालेकाे एकल बहुमत नभएकाे अवस्थामा अन्य दलले समर्थन नगर्ने निश्चित भएपछि शाक्यले राजीनामा दिन लागेकी हुन् । एमाले सांसद अरुण नेपालले यसकाे पुष्टि गरेका छन् ।

मुख्यमन्त्री शाक्यले आज विश्वासकाे मत लिने कार्यक्रम छ । तर उनले मत विभाजन अघि प्रदेश सभालाई सम्बाेधन गरेर राजीनामा दिने भएकी हुन् ।

उनकाे राजीनामा पछि वागमती प्रदेशकाे मुख्मन्त्री नेकपा एसका सांसद राजेन्द्र पाण्डे बन्ने सहमति दलहरुबीच भएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार