• बिहिबार, साउन १४ २०८३

गोरखामा एमालेकाे ९ पालिकामा अधिवेशन सकियाे, कुन पदमा काे ?


मंगलबार, कार्तिक ९ २०७८
910
Shares

गोरखा । हाल नेकपा एमालेकाे जिल्लाभर अधिवेशन चलिरहेकाे छ । गत शनिबार एकैदिन देशैभर वडाकाे अधिवेशन सुरु गरेकाे एमालेकाे गोरखामा चुमनुब्री गाउँपालिका बाहेक ८७ वडा वडामा समिती चयन गरिसकेकाे छ ।

वडाअधिवेशन पछि आज एमालेले ९ स्थानीय तहमा अधिवेशन सकेकाे जनाएकाे छ । दुई नगरपालिका र ९ गाउँपालिका रहेकाे गोरखामा चुमनुब्री र शहिद लखन गाउँपालिका बाहेक सबै पालिकामा सर्वसम्मत समिति चयन गरेकाे एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङ्गले सिभिलखबरलाई बताए ।

चुमनुब्री गाउँपालिकामा भाैगाेलिक विकटताका कारण र शहिद लखनमा तयारी नपुगेकाले आज मंगलबार अधिवेशन हुन नसकेकाे बताइएकाे छ । वडा अधिवेशन समेत स्थगित भएकाे चुमनुब्रीमा हाल अधिवेशन नहुने र शहिद लखनमा भने आगामी ११ गते बिहिबारलाई तय भएकाे अध्यक्ष गुरुङ्गकाे भनाई छ ।

जसमा आज मंगलबार भएकाे अधिवेशनबाट गोरखा नगरपालिकाकाे अध्यक्षमा देवि बहादुर बस्नेत र सचिवमा शम्भु थापा सर्वसम्मत चयन भएका छन् । यसैगरी पालुङ्गटार नगरपालिकाकाे एमाले अध्यक्षमा बसन्त श्रेष्ठ र सचिवमा प्रकाश न्याैपाने चयन भएका छन् भने सिरानचाेक गाउँपालिकाकाे अध्यक्षमा विराज गुरुङ्ग र सचिवमा ज्ञानराज गुरुङ्ग सर्वसम्मत भए ।

त्यस्तै अजिरकाेटकाे अध्यक्षमा लिला बहादुर सुनार, सचिवमा गणेश तामाङ चयन भए भने बारपाक सुलिकाेट गाउँपालिककाे अध्यक्षमा हरि बस्नेत र सचिवमा सुजन गुरुङ्ग यसैगरी भिमसेन थापा गाउँपालिकाकाे अध्यक्षमा सुजन सिंखडा र सचिवमा हरि सिंखडा चयन भएकाे एमाले गोरखाका अध्यक्ष गुरुङ्गले सिभिलखबरलाई जानकारी दिए ।

त्यस्तै आरुघाटकाे अध्यक्षमा मेन बहादुर अधिकारी, सचिवमा सूर्य पाठक, धार्चे गाउँपालिकाकाे अध्यक्षमा सुक घले र सचिवमा राम गुरुङ्ग सर्वसम्मत भएकाे बताइएकाे छ । यसैगरी गण्डकी गाउँपालिकाकाे अध्यक्षमा विष्णु पन्त र सचिवमा भीमलाल श्रेष्ठ चयन भएकाे एमाले गोरखाले जनाएकाे छ ।

वडा र पालिका अधिवेशन सकेकाे एमालेले प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन भने पार्टीकाे राष्ट्रिय महाधिवेशन पछि मात्रै हुने बताइएकाे छ । एमालेकाे १० आै महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा हुदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार