• बिहिबार, साउन १४ २०८३

गोरखा उद्योग वाणिज्य संघको अधिवेशन पुषकाे दाेस्राे साता


मंगलबार, कार्तिक ९ २०७८
850
Shares

गोरखा । गोरखा उद्योग वाणिज्य संघको अधिवेशन आगामी पुसमा हुने भएको छ । शनिवार बसेको संघको कार्यसमिति बैठकले आगामी पुस १० र ११ गते ४६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष जिवनज्योति श्रेष्ठले बताए ।

कोरोनाका कारण गत चैतमा स्थगित भएको साधारण सभा तथा अधिवेशन पुसमा गर्ने गरी मिति तय उनकाे भनाई छ ।

त्यसको लागि ८ वटा उपसमिति पनि निर्माण गरिएको छ । अब उपसमितिले आवश्यक तयारी गर्ने उनले बताए । अधिवेशन संघकै सचिवालय गोरखा नगरपालिका ६ छहरेमा निर्णय बैठकले गरेको छ । तर अधिवेशन अघि सचिवालयमा निमार्णाधिन भवनलाई पूर्णता दिने निर्णय पनि भएको छ ।

त्यसपछि सोही भवनमा अधिवेशन गर्ने तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लाका व्यापारी व्यवसायीको छाता सस्था गोरखा उद्योग वाणिज्य संघमा अहिले करिब एक हजार व्यवसायी सूचिकृत छन् । संघको जिल्ला सचिवालयमा करिब एक हजार जनाले आफ्नो व्यवसाय दर्ता अध्यक्ष श्रेष्ठले बताए ।

अधिवेशनमा गोरखा उद्योग वाणिज्य संघमा व्यवसाय दर्ता गरेका व्यवसायीहरु र जिल्लाका विभिन्न ठाउँमा रहेका ८ वटा इकाई समितिका पदाधिकारीले मतदान गर्न पाउनेछन् । मतदाताले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवमा १/१ जना निर्वाचित गर्नेछ । त्यस्तै ७ जना खुल्ला सदस्य, १ महिला सदस्य, १ वस्तुगत सस्दय, सबै इकाईका अध्यक्ष स्वतः कार्यसमिति सदस्य हुनेछ । एक सदस्य भने कार्यसमिति मनोनित गर्ने प्रावधान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार