• बिहिबार, साउन १४ २०८३

द्वन्द्व पीडितलाई सिंहदरबार प्रवेशमा सहज


आइतबार, कार्तिक ७ २०७८
1.8K
Shares


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्व पीडितले त्यही परिचय पत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् ।

आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो ।

आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, सुनिल रंजन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगले अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वय गर्ने कामबारे छलफल गर्न मन्त्रालयमा आएका थिए ।

छलफलमा गृह मन्त्रालयका तर्फबाट मन्त्री खाण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार