• बिहिबार, कार्तिक १३ २०८३

प्रदेश १ को संसद बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित


आइतबार, कार्तिक ७ २०७८
715
Shares


प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ।

प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ।

आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो।

सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए।

दलहरूको मागअनुसार बैठक सारिएको हो। बैठक सरेसँगै नेकपा एमाले विभाजनपछि प्रदेश सभामा बहुमत गुमाएमा मुख्यमन्त्री आचार्य सत्ता अझै केहीदिन लम्बिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार