• बिहिबार, साउन १४ २०८३

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


शुक्रबार, कार्तिक ५ २०७८
775
Shares

cf]xf]bfsf] k|df0fkq k|:t't sf7df8f}F, % sflQs . /fi6«klt ljBfb]jL e08f/L;dIf g]kfnsf nflu a|flhnsf cfjf;Lo /fhb"t sfnf]{; cNj]6f]{ dfOsN;]g 8]g xf6f]{u cfˆgf] cf]xf]bfsf] k|df0fkq k]z ub}{ . t:jL/ M /Tg >]i7, /f;;


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिण अफ्रिकाका गैरआवासीय राजदूतहरु क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

त्यसअवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार