• बिहिबार, साउन १४ २०८३

बेमाैसमी बर्षातबाट पिडित बनेका किसानलाई राहत दिन कांग्रेस गोरखाकाे माग


बिहिबार, कार्तिक ४ २०७८
1K
Shares

गोरखा । बेमाैसमी बर्षातबाट पिडित बनेका किसानलाई राहत दिन नेपाली कांग्रेस गोरखाले माग गरेकाे छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस गोरखाले भित्राउने बेलाकाे धानमा पानी पसेर नष्ट भई पिडित बनेका किसानलाई तत्काल राहतका कार्यक्रम ल्याउन सरकारी निकायसंग माग गरेकाे हाे ।

कांग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्याैपानेद्धारा हस्ताक्षरित विज्ञप्तीमा गोरखा लगायत देशका विभिन्न भागका बाढिपहिराेका कारण नागरिकको जनजीवन अस्तव्यस्त बनेकाेप्रति समेत दुख ब्यक्त गरिएकाे छ ।

साथै गोरखा कांग्रेसले बर्षातका कारण आम नागरिकले झेल्नुपरेको जुनसुकै कठिनाई र कष्टप्रति दुःख ब्यक्त गर्दै यस्तो असहज परिस्थितिमा साथ र सहयोगीका रुपमा रहने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएकाे छ ‘बिगत केही दिनदेखिको बर्षातले गोरखाका बिभिन्न स्थानीय तहमा किसानले लगाएको धानबाली नष्ट गरेको र उत्तरी क्षेत्र जाने बाटो, सडक पहिरोले अवरुद्ध बनाएको र कतिपयको घर जोखिममा पु¥याएको समाचार आइरहेका छन्, यस्ताे बेलामा संघ, प्रदेश र स्थानीय तह गरी देशमा रहेका तीनै तहका सरकारले आम नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउने गरी आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्धार र राहतका लागि केन्द्रीत गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले माग गर्दछ ।’

यसैगरी अकस्मात आइपर्ने विपतका बिषयमा यथा समयमै सबैलाई प्रभावकारी रूपमा सुचित गर्नु सरकारको प्रमुख दायित्व भएकाले विपतको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन समेत कांग्रेसले आग्रह गरेको छ ।

हेर्नुस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार