• बिहिबार, साउन १४ २०८३

नेकपा एसको केन्द्रीय कमिटी विस्तार: कुन नेतालाई के जिम्मेवारी ?


आइतबार, असोज ३१ २०७८
600
Shares

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी विस्तार र कार्यविभाजनको टुंगो लगाएको छ। असोज २८ गते जारी अन्तरपार्टी निर्देशनअनुसार समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ।

यस्तै, पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणीज्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।  प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, उपाध्यक्ष प्रमेश हमाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

https://drive.google.com/file/d/1KhUXN63ctrWFlpO8yCaEjjYfdclAY3rt/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार