गोरखा । भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै गोरखाकाे मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।
मन्त्री तीनवटा भारतीय गाडी र दुईवटा नेपाली गाडीमा आइपुगेका छन् । भारतीय जनता पार्टीका नेता समेत रहेका चाैधरीकाे आज ३ बजे गोरखाकाे मनकामना मन्दिर दर्शन गर्ने तालिका रहेकाे गोरखाका एसपी शेखर खनालले जानकारी दिए । चाैधरी केबलकार मार्फत मनकामना जाने बताइएकाे छ ।
उनी हाल नवलपरासी हुदै चितवन तर्फकाे मार्गमा यात्रारत रहेकाे स्राेतकाे भनाई छ ।
अर्थमन्त्री पंकज चौधरी स्थलमार्ग हुँदै गाेरखा आउने भएपछि उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको गोरखाका एसपी खनालले सिभिलखबरलाई बताए । उनको भ्रमण धार्मिक तथा नीजि रहेको बताइएको छ ।
मन्त्री चाैधरीले मनकामनाकाे आजै दर्शन गर्ने र केबलकारकाे स्टेशन रहेकाे चितवनकाे चेरेस आसपासकाे हाेटलमा बास बस्ने ब्यवस्था मिलाईएकाे बताइएकाे छ । हालसम्मकाे भ्रमण तालिका अनुसार उनले गोरखकाली मन्दिरकाे भने दर्शन भने गर्ने छैनन् ।
तस्विर : नारायण शर्मा/ अध्यक्ष, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश