• बिहिबार, साउन १४ २०८३

वडाध्यक्ष घुससहित पक्राउ


सोमबार, असोज २५ २०७८
605
Shares

महोत्तरीबाट १० हजार रुपैयाँ घुससहित एक वडाध्यक्ष पक्राउ परेका छन्। 

मटिहानी नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष रामबहादुर महतोलाई आइतबार १० हजार घुससहित अख्तियारले पक्राउ गरेको हो।  

जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडाध्यक्ष महतोलाई रंगेहात पक्राउ गरेको हो।

महतोलाई १० हजार रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार