पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद डोबाटे विश्वकर्मालाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्री बनाउने भएका छन् । यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग मुख्यमन्त्रीसँग सहमति लिइसकेका छन् ।
विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीयमन्त्रीको रूपमा शपथ लिने दोबाटेले पुष्टि गरे । तर उनकाे मन्त्रालय कुन हुने भन्ने बारे भने खुलाइएकाे छैन ।
कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।