गोरखा । गोरखा नगरपालिका ८ काे कट्टेलडाँडाँ-आमडाँडाँमा नेपाली काँग्रेसले चियापान कार्यक्रम आयाेजना गरेकाे छ । वडादशै, दिपावली लगायतका चाडपर्वहरुकाे अवसरमा काँग्रेसले शुभकामनासहित चियापान कार्यक्रम आयाेजना गरेकाे हाे ।
पार्टीका वडासभापति लेखबहादुर थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यमक्रममा काँग्रेसमा महासमिती सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्तकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यमक्रमलाई सम्बाेधन गर्दै मेयर पन्तले प्रदेश र संघ सरकारले सिंहदरवार गाउँगाउँमा पुर्याएकाे भनेर जनतालाई झुक्याएकाे बताएका छन् । अधिकार र स्राेत साधन आफैसंग राखेर केन्द्र सरकारले जनतामाथी भ्रम छरेकाे उनकाे आराेप छ । सिमित स्राेत साधनका बावजुद स्थानीय तहले विकास निर्माण लगायतका कामलाई अघि बढाएकाे समेत उनले बताए ।
कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधी एवं गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठ, नगरसभापति चन्दनबाबु खत्री, नेकपा माओवादी केन्द्र गोरखा नगरका अध्यक्ष कृष्ण राना, वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्री, पार्टीका वडा उपसभापति प्रेम बहादुर राना, वरुण कट्टेल लगायतले बाेलेका थिए ।