• बिहिबार, साउन १४ २०८३

गण्डकीलाई प्रधानमन्त्री देउवाले गरे साक्षर प्रदेश घोषणा


आइतबार, असोज २४ २०७८
620
Shares

पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका हुन् ।

३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने प्रस्ताव राखेका थिए । प्राप्त तथ्यांकअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ ।

यस्तै गोरखा तेस्राेमा परेकाे छ । गोरखामा ९७.२ प्रतिशत नागरिक साक्षर छन् । यसैगरी मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार