प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशका दुइ साँसदलाई मन्त्री बनाएका छन् । बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित देवेन्द्र पौडेल र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान) देउवा सरकारका मन्त्री बनेका छन् ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । कुनै बेला बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लागेका पौडेल २०७४ मा भने माओवादी केन्द्रमै फर्केका थिए ।
यस्तै एमाले अध्यक्ष केपी ओलीको क्याम्प छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका किसानले पनि मन्त्री पद पाएका छन् । किसानलाई देउवाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाएका हुन ।