• बिहिबार, साउन १४ २०८३

कांग्रेस गोरखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्धारा पद तथा गोपनियताको सपथ ग्रहण


शुक्रबार, असोज २२ २०७८
595
Shares

गोरखा । कांग्रेस गोरखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।

बुधबार साँझ निर्वाचनको मतपरिणाम घोषणा भएलगत्तै बिहिबार बिहान तीनधारेस्थित विपी, गणेशमान स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।

कांग्रेस गोरखाको अधिवेशन सम्पन्न गराउन खटिएका प्रमुख निर्वाचन अधिकृत देवकुमार महतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका पार्टी सचिव किशोरजंग थापाले जानकारी दिए ।

साथै सोही कार्यक्रममा नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

गत सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशन बुधबार साँझ सम्पन्न भएको हो । अधिवेशनले नन्दप्रसाद न्यौपानेको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

मतदानबाट उपसभापतिमा धिरन थापा र इमानसिंह बस्नेत, सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा, सह–सचिवमा लुमनाथ लामिछाने र गंगाप्रसाद अधिकारी बिजयी भएका थिए ।

त्यस बाहेक जिल्ला कार्यसमितिका अधिकांस सदस्यहरु पनि सर्वसम्मत चयन भएका थिए ।
गोरखा जिल्लाबाट निर्वाचित महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएकाहरुलाई समेत बिहिबार नै प्रमाण पत्र बितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार