गोरखा । गोरखामा कांग्रेसले जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ । साेमबारदेखि सुरु भएकाे जिल्ला अधिवेशन अन्तरगत मंगलबार कार्यसमितीका पदाधिकारी सहित सदस्यहरुका लागि मतदान भएकाे थियाे ।

सभापतिमा नन्द प्रसाद न्याैपाने सर्वसम्मत भएपनि उपसभापतिसहित सचिव, सहसचिव र कार्यसमिती सदस्यका लागि मंगलबार मतदान भएकाे थियाे ।
जसमा जिल्ला उपसभापतिमा धिरन थापासर्वाधिक मतका ल्याएर बिजयी भएका छन् । थापाको पक्षमा एक हजार ३६ मत खसेको थियो । दुई उपसभापतिका लागि ५ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।
उनका निकटम प्रतिद्धोन्द्धी इमानसिंह बस्नेत पनि ५६३ मत ल्याएर बिजयी भएका छन् । ५२६ मत ल्याएका सिपि पोखरेल, ४८७ मतका साथ र बिकला खनाल र ४६ मत ल्याएका हरिबहादुर गान्धारी भने पराजित हुन पुगे । सचिवमा पनि ५ जनाको उम्मेदवारी परेको थियो ।
उनीहरु मध्ये उच्च भोट ल्याएर साबिकका कोषाध्यक्ष कृष्णबहादुर आले र पूर्व पत्रकार किशोरजंग थापा बिजयी भएका छन् । आलेको पक्षमा ६९९ र थापाले ६७३ भोट ल्याएका छन् । सचिवमा पदमा लडेका ओमबहादुर गुरुङ, तारानाथ पुडासैनी र रामप्रसाद भण्डारी भने पराजित हुन पुगे ।


उनीहरु मध्ये गुरुङले ४७१, पुडासैनीे ३९२, र रामप्रसाद भण्डारीले ३१९ मत प्राप्त गरेको मतदान अधिकृत उदयबहादुर भट्टले जानकारी दिए । यसैगरी २ पद सहसचिवका लागि ८ जना विच प्रतिस्पर्धा भएको छ । कमल प्रसाद अम्गाईले (३०१), गंगाप्रसाद अधिकारी गगनले (३९३), दीपक हमाल (२३२), भेषराज पाण्डेले (२२४), मानप्रसाद धितालले (२८२), रामशरण आर्चायले (१४४) लुमनाथ लामिछानेले (६९७) र विश्व भट्टले (३०२) मत प्राप्त गरेका छन् ।
उनीहरु मध्येबाट सर्वाधिक मत ल्याएर लामिछाने र अधिकारी बिजयी भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । कार्यसमितिका अधिकांशं सदस्यहरु तर्फ भने सहमती जुटको थियो । सहमति नभएको ठाउँमा मात्र निर्वाचन भएको हो ।
जसमा ज्ञानप्रसाद श्रेष्ठले ६५८ मत ल्याएर बिजयी बने भने ५०५ मत प्राप्त गरेका इमबहादुर घिमिरे (तिलक) भने पराजित भएको मतदान अधिकृत भट्टले बताए । यसैगरी ७९३ मत ल्याएर बारपाक सुलिकोटबाट सुरज गुरुङ (भक्त) जिल्ला सदस्य भएका छन् ।

उनीसँगै चुनाव लडेका ४४२ मत आएको छ । भीमसेन थापा गाउँपालिका मार्फत आउने सदस्यमा केशर गुरुङ बिजयी भएका छन् । ६०८ मत ल्याएका उनले नवराज लामिछानेलाई हराएका हुन् । लामिछानेको ५८९ मत आएको छ । त्यसैलै समानुपातिको खस आर्य महिला तर्फ सिर्जना कोइराला र जानुका सापकोटा बिजयी भएका छन् । सापकोटाले ६६८ र कोइरालाले ५७३ मत प्राप्त गरेका थिए ।
पराजित भएकी मिरादेवी दाहालको ५०७ मत आएको छ । दलित खुल्ला सदस्य तर्फ ईतराज सुनार र लालबहादुर बिक निर्वाचित भएका छन् । उनीहरुले क्रमश ६०९ र ३९३ मत प्राप्त गरेका थिए ।
दुई पदका लागि ५ जनाको उम्मेदवारी परेकोमा ३४६ मत ल्याएका फुलबहादुर खाती, ३३६ मत ल्याएका मंगलबहादुर कोइराला र ३६९ मतका साथ सोमबहादुर अक्षामी पराजित भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
