• बिहिबार, साउन १४ २०८३

दुई दशकदेखिको पत्रकारिता पेशा छाडेर किशाेरले गरे काँग्रेसको जिल्ला सचिवमा ‘इन्ट्रि’


बुधबार, असोज २० २०७८
755
Shares

गोरखा । दुई दशकदेखि पत्रकारिता पेशामा आवद्ध रहेका किशोरजंग थापाले अबको यात्रा राजनीतिलाई राजेका छन् । स्पष्ट वक्ताकाे रुपमा आफ्नाे छवि बनाएका थापा २०५७ सालदेखि पत्रकारिता पेशामा सकृय थिए ।

गोरखा नगरपालिका ११ बिरेनचाेक घर भएका उनले २१ बर्षे पत्रकारिता पेशाबाट विश्राम लिदै नेपाली काँग्रेसको १४ औं गोरखा जिल्ला अधिवेशनबाट राजनीतिक यात्रा तय गरेका हुन । यसअघि सकृय राजनीतिमा नरहेका थापाको इन्ट्रि नै पार्टीको जिल्ला सचिवबाट भएको छ ।

गत सोमबारदेखि सुरु भएको काँग्रेस गोरखाको जिल्ला अधिवेशनमा उनले सचिव पदमा उम्मेदवारी दिएका थिए । उनकाे उम्मेदवारीलाई गोरखा काँग्रेसकाे दुवै क्षेत्रका मतदाता एवं क्षेत्रिय प्रतिनिधीहरुले मतदान मार्फत अनुमोदन गरिदिएपछि अबको उनको परिचय फेरिएको छ । हिजोका दिनसम्म पत्रकारका रुपमा चिनिने थापाको परिचय अब नेपाली काँग्रेसको जिल्ला सचिवका रुपमा फेरिएको छ ।

पछिल्लो समय काँग्रेसमा मौलाएको गुट र उपगुटको राजनीतिलाई परास्त गर्न सफल भएका उनी पत्रकारिता पेशा सुरु गर्नुअघि भने नेपाल विधार्थी संघको राजनीतिमा सकृय थिए । २०५५ सालमा गोरखाको द्रब्य शाह बहुमुखी क्याम्पसको स्ववियू सभापति बनेका थापाको अबको योजना समाजसेवा संगै राजनीति रहेको बताउछन् ।

‘राजनीति मेरो साेख हो, पत्रकारिता क्षेत्रको अनुभवलाई अब राजनीति मार्फत जनताको सेवामा समर्पण गर्न चाहान्छु’ सिभिलखबरसंगको कुराकानीमा उनले भने ‘अग्रजलाई सम्मान गर्दै हरेक तहमा युवालाई नेतृत्वमा पु¥याउनु र संगठनलाई चुस्त बनाउनु मेरो कर्तब्य रहनेछ ।’

त्यस्तै आफू कुनै पनि गुटमा नरहेको र नरहने बताउदै उनले काँग्रेसमा मौलाएको गुटको राजनीतिलाई अन्त्य गर्नु आफ्नो प्राथमिकताको बिषय रहेको समेत बताएका छन् । नागरिक समाजका अगुवाको परिचय समेत बनाएका उनि गोरखाको पहिलो एफएम रेडियो गोरखा ९२.८ मेगाहर्जको स्टेशन मेनेजर र पहिलाे दैनिक पत्रिका दराैदी दैनिकका अध्यक्ष समेत हुन ।

त्यससंगै उनि यसै बर्ष देशभरीको सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ (अकोराव)का केन्द्रिय महासचिव समेत निर्वाचित बनेका थिए । पत्रकारिता पेशासंगै उनमा बिभिन्न सामाजिक संघसंसस्थामा काम गरेको अनुभव समेत छ । उनि भन्छन् ‘सबै तिरको अनुभवलाई अब राजनीतिमा लगाउछु, जनताको सेवकका रुपमा जिवन समर्पण गर्न चाहान्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार