गोरखा । गोरखामा कांग्रेसले जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ । साेमबारदेखि सुरु भएकाे अधिवेशन अन्तरगत मंगलबार कार्यसमितीका पदाधिकारी सहित सदस्यहरुका लागि मतदान भएकाे थियाे ।
सभापतिमा नन्द प्रसाद न्याैपाने सर्वसम्मत भएपनि उपसभापतिसहित सचिव, सहसचिव र कार्यसमिती सदस्यका लागि हिजाे मंगलबार मतदान भएकाे थियाे ।
१ हजार ७ सय ५२ क्षेत्रिय प्रतिनिधीले मतदानमा भाग लिन पाउने भएपनि मंगलबार भएकाे निर्वाचन प्रकृयामा १ हजार ५ सय १९ मात्रै भाेट खसेकाे समितीका शिव थापाले सिभिलखबरलाई जानकारी दिए । जसमा याे समाचार तयार गर्दा बिहान ११ बजेसम्म ७ सय ५० मतगणना सम्पन्न भएकाे छ ।
हालसम्मकाे मतगणना अनुसार उपसभापतिमा धिरन थापा अग्र स्थानमा छन् । उनले ५ सय ४३ प्राप्त गरिसकेका छन् । दुइ उपसभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । जसमा दाेस्राेमा सिपी पाेखरेल छन । उनले हालसम्म ३१३ मत पाएका छन् । यसैगरी रविकला खनालले ३०६, इमानसिं बस्न्यातले २९० र हरि बहादुर गान्धारीले २३ मत प्राप्त गरेका छन् ।
यसैगरी सचिव पदमा सबै भन्दा अगाडी किशाेरजंग थापा छन् । उनले हालसम्म ४०६ मत ल्याएका छन् । दुइ सचिवका लागि भएकाे निर्वाचनमा पाँच जनाले भिडेका थिए । सचिव पदमा कृष्ण बहादुर आले ३५० मत ल्याउदै दाेस्राे नम्बरमा छन् । यसैगरी हालसम्म ओम गुरुङ्गले २८३, तारानाथ पुडासैनीले २११ र राम प्रसाद भण्डारीले १७८ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ ।
यसैगरी २ जना सहसचिवका लागि भएकाे ८ उम्मेदवार बनेकाेमा सबैभन्दा अघि लुमनाथ लामिछाने छन् । उनले हालसम्म ३९२ मत ल्याएका छन् । यसैगरी दाेस्राेमा मान प्रसाद धिताल छन् । हालसम्म उनकाे २०९ छ ।