{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0926u0940u092au0915 u092au0930u093fu092fu093eu0930","photographer":"","alt_text":""}
पोखरा । पोखरा महानगर पालिकाका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत साउन १ गते अचानक बेहोस भएर मस्तिष्काघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो ।


उनको न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रिया पछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
शल्यक्रिया पछि टाउकोमा लगाइएका टाँका खोलिएसंगै मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
मतिष्तस्कघातका कारण टाउकाको भित्री भाग सुन्निए पछि सो हड्डी बाहिर निकालेर उपचार गरिएको थियो ।
लामो उपचार पछि भित्री घाउ ठिक भएकाले सो हड्डी प्रत्यारोपण गरेर उनको पुनःअप्रेशन गरिएपछि जिसीलाई अस्पताले डिस्चार्ज गरेको संयोजक बरालले बताए ।
मेयर जिसी फिजियोथेरापी बाहेकका सबै उपचार प्रक्रिया पूरा भएकाले पोखरा आउने तयारीमा छन् । संयोजक बरालका अनुसार बिहिबार जिसी पोखरा आउने छन् ।
