गोरखा । नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पद तथा पदाधिकारीहरुमा उच्च प्रतिष्प्रर्धा भएपनि न्याैपानेले इतिहास रच्दै जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

आज भएको जिल्ला निर्वाचनका क्रममा न्यौपाने सर्वसम्मत सभापतिमा चयन भएका हुन। अन्य पदका लागी आकांक्षी उम्मेदवार धेरै देखिएपनि सभापतिमा भने न्यौपानेको मात्रै उम्मेदवारी थियो ।
न्यौपानेले अनौपचारिक रुपमा दुई बर्षअघिदेखि नै १४ औं अधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । नेपाल बिधार्थी संघबाट राजनीति सुरु गरेका उनि पार्टीकाे क्षेत्रिय सभापति हुदै १३ औं जिल्ला अधिवेशनबाट जिल्ला सचिव बनेका थिए ।


शनिबार भएको क्षेत्रिय अधिवेशनमा क्षेत्र नम्बर एकबाट खसेको मतको ८५ प्रतिशत भन्दा बढी मत उनलाई गएको निर्वाचन समितिले जनाएको छ । जसमा जम्मा १ हजार २७ मत खसेकोमा उनले मात्रै ८ सय ८० मत प्राप्त गरेका थिए ।
स्पष्ट वक्ताका रुपमा छवि बनाएका उनि पछिल्लाे समय कोभिड १९ को महामारी र लकडाउनको समयमा समेत स्वास्थय जोखिम मोलेर जिल्लाभर भ्रमण गर्दै स्वास्थ्य सामाग्रीसहित राहत वितरणमा सकृय बनेका थिए । त्यहि क्रममा न्यौपाने पछि आफै समेत कोभिड १९ बाट संक्रमित बनेका थिए ।