• बिहिबार, साउन १४ २०८३

२४ घण्टापछि आयाे गोरखा २ काे मत परिणाम, यि हुन २४ विजेता !


आइतबार, असोज १७ २०७८
980
Shares

गोरखा । १४ औं महाधिवेशन अन्तरगत नेपाली काँग्रेस गोरखाले प्रतिनिधी सभा क्षेत्र तहसम्मको अधिवेशन सम्पन्न भएको छ । वडा, नगर, प्रदेश सभा हुदै शुक्रबारबाट क्षेत्रिय अधिवेशन सुरु गरेको गोरखा काँग्रेसको शनिबार बेलुका मतदान सकिएको हो । दुवै निर्वाचन क्षेत्रमा सभापति र दुई सचिव सर्वसम्मत भएपनि अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधी पदमा भने निर्वाचन भएको थियो ।

अधिवेशन अन्तरगत शनिवार ५० जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १९ जना बिच प्रतिष्प्रर्धा भएको थियाे । निर्वाचन क्षेत्र नम्बर १ मा २५ जनाका लागि ५८ जना र २ मा २५ जनाका लागि ६१ जनाको उमेद्ववारी परेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ मा १ हजार ४३ मतदाता रहेपनि १ हजार २७ मत मात्रै खसेको बताइएको छ भने २ मा ६ सय ९९ मतदाता रहेकोमा ६ सय ९४ मत खसकेको समितिले जनाएको छ ।

जसमा गोरखा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा २४ जना निर्वाचन मार्फत निर्वाचित भएका छन् भने साेही क्षेत्रबाट मुस्लिम संघका केन्द्रिय अध्यक्ष समेत रहेका अब्दुल सत्तार शुक्रबार नै सर्वसम्मत भएका थिए । उनि मुस्लिम तथा अल्पसंख्यक काेटाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधी पदमा चयन भएका हुन ।

यस्तै महाधिवेशन प्रतिनिधी लगायतका पदमा शनिवार भएको मतदानको गणना आईतवार साँझ सकिएको हो । २४ घण्टापछि सार्वजानिक भएकाे अन्तिम मत परिणाम अनुसार महाधिवेशन प्रतिनिधीमा विजयी उम्मेदवारकाे विवरण यस प्रकार छ ।

खुल्ला १० तर्फ
१) प्रकाशचन्द्र दवाडी — ४३३
२) पिताम्बर बडु — ४२६
३) दिपकबाबु कंडेल — ४२१
४) हरिबहादुर घले — ४११
५) बेदप्रसाद काप्री — ३४९
६) ओमबहादुर गुरुङ — ३१६
७) ध्रुब पन्त — २९६
८) सलाउदीन मियाँ — २९२
९) मोहन प्रकाश पोखरेल — २६२
१०) सुभाष अधिकारी — २५३

प्रत्यक्ष चार महिला तर्फ
११) मनकुमारी गुरुङ — ३३२
१२) टिलु घले — ३२८
१३) शोभा अधिकारी — ३१५
१४) मिना अधिकारी — २७०

आदिबासी जनजाती महिला तर्फ
१५) इन्द्र गुरुङ — ४०८
१६) मसलिमाया थोकर — ३२१

आदीबासी जनजाती तीन अन्य
१७) अशोककुमार गुरुङ — ३१३
१८) नबिन श्रेष्ठ — २३९
१९) चेतमान श्रेष्ठ — २२८

दलित महिला
२०) पार्वती नेपाली — ३११

दलित १ अन्य
२१) दिनेश सुनार — ३६३

खस आर्य एक महिला
२२) रबिकला खनाल (न्यौपाने) — ३७६

खस आर्य दुई अन्य
२३) सुरेन्द्र भण्डारी — ३११
२४ फडिन्द्र धिताल २५३

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार