• बिहिबार, साउन १४ २०८३

फेरियो नेकपा एमालेको लोगो


आइतबार, असोज १७ २०७८
2.8K
Shares


नेकपा (एमाले) ले आफ्नो लोगो परिवर्तन गरेको छ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनबाट लोगो परिवर्तनको प्रस्ताव पारित गरिएको हो। अब एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा हुनेछ।

उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् ।

यसअघि, एमालेको सूर्य चिह्नभित्र यूएमल लेखिएको लोगो थियो।

बिधान महाधिवेशनको क्रममा नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको लोगो परिवर्तन गर्ने सहमति जुटाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार