गोरखा । १४ औं महाधिवेशन अन्तरगत नेपाली काँग्रेस गोरखाको क्षेत्र नम्बर— १ को सहसचिव पदमा विमल रम्तेल निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनमा शहिद लखन — ८ बुंकोटका रम्तेल दलित तर्फबाट सहसचिव पदमा निर्वाचित भएका हुन् ।
नेतृत्व हस्तान्तरण हुन नसकेको विद्यमान परिस्थितिमा सफल नेतृत्व र व्यक्तित्व विकासको निमित्त प्रतिबद्ध भएर समग्र युवा नेतृत्वलाई स्थाइत्व दिनको लागी राजनीतिमा हुमियको रम्तेलले बताएका छन् ।
साथै समग्र पार्टी पंक्तिलाई प्रभावकारी बनाउनका लागी जस्तो सुकै परिस्थितिमा पनि अविचलित भएर अठोटका साथ संगठनलाई संगठित गर्नका लागी वी.पी ले अनुसरण गरेका नीति तथा सहकार्यताको यात्रालाई जीवन्त राख्ने उनको भनाई छ ।