• बिहिबार, साउन १४ २०८३

एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद , पदाधिकारीको संख्या १५


आइतबार, असोज १७ २०७८
580
Shares


काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद पनि हुने भएका छन्।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन ।

तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार