• बिहिबार, साउन १४ २०८३

गोरखा क्षेत्र नम्बर १ मा मतदान सकियाे, १ हजार २७ मत खस्याे


शनिबार, असोज १६ २०७८
1K
Shares

गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गोरखामा हिजाेबाट सुरु भएकाे दुवै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन भएको छ । क्षेत्रिय सभापति र सचिव पदमा सर्वसम्मत भएपनि अन्य पद र महाधिवेशन प्रतिनिधीका लागि भने दुवै क्षेत्रमा निर्वाचन भएको छ ।

शनिबार बिहानदेखि सुरु भएकाे निर्वाचन अन्तरगत हालसम्म क्षेत्र नम्बर १ मा मतदान सकिएकाे छ । १ हजार ४३ मतदाता रहेकाे क्षेत्र नम्बर १ मा १ हजार २७ मत खसेकाे मतदान अधिकृत लक्षमण आचार्यले सिभिलखबरलाई जानकारी दिए ।

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ५८ जनाको उमेद्धवारी परेको छ ।

क्षेत्र नम्बर १ को मतदान कांग्रेस पार्टी कार्यालय तिनधारे भएकाे आचार्यले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार