????????????????????????????????????
गोरखा । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत गोरखामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ ।
गोरखामा ५० जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १९ जनाको उमेद्धवारी परेको छ । दुवै क्षेत्रका लागी शनिवार बिहान ८ बजेबाटै मतदान सुरु भएको जिल्ला निर्वाचन समितीले जनाएको छ ।


गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ५८ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २२ जनाको उमेद्धवारी परेको हो ।

खुल्ला महिलामा ४ जनाका लागि ९ उमेद्धवारी, खस आर्य तर्फ दुई जना पुरुषका लागि ७ उमेद्धवारी, एक जना महिलाकालागि चार जनाको उमेद्धवारी परेको छ ।
आदीबासी जनजातीमा तीनजनाका लागि पाँच उमेद्धवारी, महिला तीन जनाका लागि पाँच उमेद्धवारी, दलित एक जनाको लागि चार उमेद्धवारी र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि दुई जनाको उमेद्धवारी परेको मतदान अधिकृत लक्ष्मणबाबु आचार्यले बताए ।

यता गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागि ६१ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २७ जनाको उमेद्धवारी परेको मतदान हो ।
खुल्ला महिलामा ४ जनाका लागि ११ उमेद्धवारी, खस आर्य तर्फ दुई जना पुरुषका लागि ५ उमेद्धवारी, महिलामा एक जना चाहिने २ जनाको उमेद्धवारी परेको छ ।
आदीबासी जनजातीमा तीनजना चाहिने ८ उमेद्धवारी, महिला दुई जनाका लागि ३ उमेद्धवारी, दलित एक जनाको लागि २ जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये एक जनाका लागि एक जनाको मात्रै उमेद्धवारी परेको मतदान अधिकृत श्याम लामिछानेले जानकारी दिए ।

आज (शनिवार) बिहान ८ बजेदेखि नै क्षेत्र नम्बर १ को मतदान कांग्रेस पार्टी कार्यालय तिनधारे र २ को निर्माण व्यवसायी संघको सभाहलमा भइरहेको छ ।





