• बिहिबार, साउन १४ २०८३

ट्विटरमा ओलीको तस्बिर शेयर गर्दै बाबुरामले लेखे : खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो


शनिबार, असोज १६ २०७८
625
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माप्रति लक्षित गर्दै खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो भनी व्यङ्ग्य गरेका छन्।

नेकपा एमालेको प्रथम विधान महाधिवेशन हिजो (शुक्रबार)देखि सुरु भएको छ । सोही महाधिवेशनलाई लिएर भट्टराईले सामाजिक सञ्जालमार्फत केपी ओलीमाथि व्यङ्ग्य गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार