गोरखा । नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तार महाधिवेशन प्रतिनिधीमा सर्वसम्मत चयन भएका छन् । गोरखाकाे प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट उनि महाधिवेशन प्रतिनिधी चयन भएका हुन ।
शुक्रबारबाट सुरु भएकाे क्षेत्रिय अधिवेशन अन्तरगत आज शनिबार मतदानकाे समय ताेकिएपनि सत्तार शुक्रबार साँझ नै सर्वसम्मत रुपमा मुस्लिम, अल्पसङ्गख्यक, अपाङ्ग काेटाबाट महाधिवेशन प्रतिनिधीका रुपमा चयन भएकाे निर्वाचन समितीले जनाएकाे छ । साे काेटाबाट सत्तारकाे मात्रै उम्मेदवारी परेकाे बताइएकाे छ ।
गोरखाकाे सिरानचाेक गाउँपालिका हर्मी घर भएका उनि यसअघि समेत महाधिवेशन प्रतिनिधी थिए । यससगैं १४ औं महाधिवेशनमा उनि नेपाली काँग्रेसकाे केन्द्रिय सदस्यकाे उम्मेदवार बन्न बाटाे खुलेकाे छ ।