• बिहिबार, साउन १४ २०८३

गोरखा काँग्रेस अधिवेशन: दुवै क्षेत्रमा सर्वसम्मत, १ मा लामिछाने, २ मा गुरुङ


शनिबार, असोज १६ २०७८
1.5K
Shares

गोरखा । नेपाली कांग्रेसले गोरखाका दुवै निर्वाचन क्षेत्रकाे सभापति र सचिव सर्वसम्मत चयन गरेकाे छ । यसअघि वडा, पालिका र ४ वटै प्रदेशकाे अधिवेशन सकेकाे काँग्रेसकाे हिजाे शुक्रबारदेखि प्रतिनिधी सभाकाे क्षेत्रिय अधिवेशन सुरु भएकाे थियाे ।

जसमा शुक्रबार रातीसम्म दुवै क्षेत्रका सभापतिसहित दुइ दुइ जना सचिव समेत सर्वम्मत चयन भएका छन् ।

जससमा गोरखा क्षेत्र नम्बर १ को सभापतिमा नारायण लामिछाने सर्वसम्मत भएका छन् ।

लामिछाने सँगै क्षेत्र नम्बर १ मा इश्वर अधिकारीको उमेद्धवारी परेको थियो । उनले उमेद्धवारी फिर्ता लिएपछि लामिछाने सर्वसम्मत भएका हुन् । क्षेत्र नम्बर १ का सभापति लामिछाने यस अघि जिल्ला समितिको सह सचिव थिए ।

क्षेत्र नम्बर १ को उप सभापति भने प्रदेश क्षेत्र १ क का सभापति खुनप्रसाद रेग्मी र १ ख को सभापति ठाकुर भट्ट स्वतः हुनेछन् ।

क्षेत्र नम्बर १ को सचिवमा शरण श्रेष्ठ र रोशन गुरुङ निर्बिरोध चयन भएका छन् । सह सचिवमा भने पुस्कर गुरुङ, नारायण भट्ट, बिमल रम्तेल, रमेश बञ्जारा र सुन्दरबाबु अधिकारी गरी पाँच जनाको उमेद्धवारी परेको छ ।

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ को सभापतिमा गोबिन्द गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रवार सुरु भएको अधिवेशनमा जिबन बानियाँले पनि उमेद्धवारी दिएका थिए ।

अन्ततः उनले फिर्ता लिएपछि गुरुङ सर्वसम्मत भएका हुन् । उनी यस अघिको कार्यकाल पनि क्षेत्रिय सभापति हुन् ।

सचिवमा भने रुपबहादुर गुरुङ, सरोज देबकोटा, ठाकुर भट्टले उमेद्धवारी दिएका छन् । सह सचिवमा सात जनाको उमेद्धवारी परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार