• बिहिबार, साउन १४ २०८३

केपी ओलीको प्रतिवेदन : नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी


शुक्रबार, असोज १५ २०७८
605
Shares


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको बताएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा कांग्रेस मुख्य प्रतिस्पर्धी पार्टी भएको उल्लेख छ ।

अध्यक्ष ओलीले कांग्रेसलाई पुँजीवादी वर्ग चरित्र, नवउदारवादी, यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुढे रहेको आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ । यो पार्टी हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी हो’, ओलीले भनेका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टी भएकाले एमालेले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने नीति भने लिन नहुने उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार