• बिहिबार, साउन १४ २०८३

काँग्रेसकाे महाधिवेशन प्रतिनिधिमा हरि देवकोटाले गरे उम्मेदवारी घोषणा, यस्ता छन् योजना !


शुक्रबार, असोज १५ २०७८
1.6K
Shares

गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिका लागि हरि देवकोटाले उम्मेदवारी घोषणा गरेका छन् । लामो समय देखि सामाजिक काम सक्रिय देवकोटाले बिहिबार पत्रकार भेटघाट गर्दै अब राजनितिक क्षेत्रमा पनि काम गर्ने योजना बनाएको बताए ।

‘समाजसेवा र राजनितिलाई सँगसँगै भन्ने नाराका साथ म राजनितिमा आएको हुँ,’ उनले भने, ‘देशको मुल निति नै राजनिति भएकाले कतिपय काम बाहिर बसेर गर्न नसकिने रहेछ । मैले जितेको खण्डमा नेपाली कांग्रेसलाई थप सुदृढबनाउन भूमिका खेल्छु । जनताको लागि काम गर्छु ।’

एकिकरण नेपाल नामक संस्थामा कार्यरत देवकोटा गैरसरकारी संस्था महासंघका जिल्ला सचिव समेत हुन । बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी निवासी देवकोटाले ग्रामिण बिकास विषयमा बिद्यावारिधी गर्दैछन् ।

गैरसकारी संस्थाको माध्यमबाट जिल्लाका विभिन्न पूर्वाधार बिकास गरेको, भूकम्पले भत्काएका घरहरु पुनर्निर्माणमा सहभागी भएकाले ४०० भन्दा बढि मानिसलाई प्रत्यक्ष रोजगारी दिइसकेको दाबी गर्दै उनले जहाँ रहेपनि समाज सेवालाई सँगै लैजाने प्रतिवद्धता समेत जनाएका छन् ।

यस पटकको अधिवेशनमा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरु सबै भन्दा धेरै देखिएका छन् । नयाँ पुस्ताका नेता, सामाजिक क्षेत्रबाट राजनितिमा प्रवेश गर्न चाहानेहरु, भातृ तथा शुभेक्षुक संस्थामा लागेकाहरु, लामो समय देखि राजनितिमा सक्रिय व्यक्ति सबै महाधिवेशन प्रतिनिधिको आकांक्षी देखिएले तिब्र प्रतिपर्धा हुने आकंलन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार