• बिहिबार, साउन १४ २०८३

बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमाले सहभागि भएन


बिहिबार, असोज १४ २०७८
655
Shares

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी रहेको छ।

संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बिहीबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने एमालेबाहेक सबै दलका शीर्ष नेता सहभागी भएका हुन्।

सर्वदलीय बैठकमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्।

सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्ष दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार