;efd'vsf] kbaxfnL
sf7df8f}F, !# df3 -/f;;_ M gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f ;f]daf/ l;+xb/jf/df kb jxfnL kl5 ;~rf/sdL{ ;Fu k|lts[of lbg'x'Fb} . t:jL/ M gjLg kf}8]n , /f;; .
काठमाडौं । सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ।
सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएपनि अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा राखेको जनाएको छ। इजलासमा सो मुद्दाको पेशी पटकपटक चढाइएपनि सुनुवाइ हुन सकेको छैन।
यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो। त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो।
डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए। सापकोटालाई मन्त्री बन्नबाट रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट जाहेर गरेका थिए।
रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग गरेका छन्।