
गोरखा । १४ औँ महाधिवेशनको क्रममा रहेको नेपाली कांग्रेस गोरखाले बुधवार गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरेकाे छ । यसअघि जिल्ला भर रहेका ९४ वटा वडा र ११ वटा पालिकाकाे अधिवेशन सकेकाे काँग्रेसले बुधबार एकैदिन दुई क्षेत्रका चारवटा प्रदेश सभाकाे नेतृत्वसहित कार्यसमिती चयन गरेकाे हाे ।
जसमा तिन वटा प्रदेशमा निर्वाचन मार्फत र एक प्रदेशमा सर्वसम्मत नेतृत्व गरिएकाे काँग्रेस गोरखाले जनाएकाे छ ।

जस अन्तरगत क्षेत्र नम्बर १ प्रदेश ‘क’ को सभापति पदमा खुनप्रसाद रेग्मी बिजयी भएका छन् । उनले उत्तम अधिकारी र काजीराम अधिकारीलाई पराजित गर्दै सभापतिमा विजयी बनेका हुन । रेग्मीले २ सय ५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी उत्तम अधिकारीले एक सय ८९ र अर्का प्रतिषप्रधी काजिराम अधिकारीले २५ मत प्राप्त गरे ।
सभापति र प्रदेश अधिवेशन प्रतिनिधीमा निर्वाचन भएकाे यस प्रदेशकाे उप सभापतिमा अर्जुन भट्टराई र कृष्ण प्रसाद रेग्मी निर्विरोध चयन भएका थिए भने सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी सर्वसम्मत चयन भएका छन ।

यसैगरी सह सचिवमा गोबिन्द बास्कोटा र सुवास थापा चयन भए ।
त्यस्तै क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका हुन् । मंगलवार आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन ।
सभापति सँगै अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् । उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने, ऋषिराम लामिछाने चयन भएका छन । सह सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका मतदान अधिकृत कृष्णराज पन्तले बताए ।


यसैगरी क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ (नारायण) बिजयी भएका छन् । मंगलबार भएकाे अधिवेशनबाट गुरुङ सभापतिमा निर्वाचित भएका हुन ।
उनले १ सय ७९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी भानुभक्त थापाले १ सय ४ मत पाएका थिए । गुरुङ पालुङटार नगरपालिकाका हुन भने थापा गोरखा नगरपालिकाका हुन ।

त्यस्तै अधिवेशनबाट उप सभापति कमलादेवी देबकोटा र केदारनाथ देवकाेटा निर्वाचित भएका छन् । कमलादेविले १ सय ९० मत प्राप्त गरिन भने केदारनाथले १ सय ७७ मत पाएका छन् । उनिहरुका निकटतम प्रतिस्प्रद्धि गोकर्णसिं बस्नेतले १ सय ४ मत ल्याएकाे निर्वाचन समितीले जनाएकाे छ ।

यसैगरी सचिवमा सुरज श्रेष्ठले सर्बाधिक लाेकप्रिय मत पाएका छन् । दुई सचिवका लागि तिन जनाकाे प्रतिस्प्रर्धा रहेकाेमा श्रेष्ठले २ सय २४ मत प्राप्त गरी विजयी बनेका हुन । त्यस्तै अर्का सचिवमा एक सय ७९ मतले प्रसान्त देबकोटा बिजयी बनेकाे निर्वाचन समितले जनाएकाे छ । उनिहरुका प्रतिस्प्रधी दिक्पाल अधिकारीले ९३ मत ल्याए ।
यसैगरी सह सचिव पदमा एक सय ६७ मत पाएर सुजना पन्त र एक सय ३६ मतले किरण आले बिजयी बने ।


त्यस्तै क्षेत्र नम्बर २ प्रदेश क्षेत्र ‘ख’ मा दिनेश खनखवास बिजयी भएका छन् । उनले सभापतिमा दुई सय पाँच मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी सिजर भट्टले एक सय ४३ मत पाएका थिए ।
उप सभापति कृष्णकुमार श्रेष्ठ र बलबहादुर धिताल चयन भएका छन् । उनीहरुले क्रमस दुइ सय ३५ र एक सय ९२ मत प्राप्त गरेका छन् । सचिवमा दुई सय ४७ मतका सात सन्तोष दवाडी र दुई सय २२ मत ल्याएर कृष्णबहादुर गुरुङ बिजयी भएका छन् ।
सह सचिवमा मनिता गुरुङले दुई सय ३८ मत र बिराज भट्टले एक सय ६६ मत ल्याएर बिजयी बने ।
यससंगै नेपाली काँग्रेसकाे १४ ओं अधिवेशन अन्तरगत गोरखामा वडा, पालिका र प्रदेश सभाकाे अधिवेशन सकिएकाे छ । अब आगामी १५ गते दुई निर्वाचन क्षेत्रकाे अधिवेशन ताेकिएकाे छ ।
साे अधिशनबाट क्षेत्रकाे कार्यसमितिसहित गोरखाबाट करिब ५० जना महाधिवेशन प्रतिनिधी चयन हुने बताइएकाे छ । गोरखामा १८ गते जिल्ला अधिवेशनकाे तयारी रहेकाे निर्वाचन समितीले जनाएकाे छ ।