• बिहिबार, साउन १४ २०८३

काँग्रेस अधिवेशन: गोरखा १ काे प्रदेश ‘क’ सभापतिमा रेग्मी निर्वाचित


बुधबार, असोज १३ २०७८
1.1K
Shares

गोरखा । नेपाली कांग्रेसको क्षेत्र नम्बर १ प्रदेश ‘क’ को सभापति पदमा खुनप्रसाद रेग्मी बिजयी भएका छन् ।

उनले उत्तम अधिकारी र काजीराम अधिकारीलाई पराजित गर्दै सभापतिमा विजयी बनेका हुन । रेग्मीले २ सय ५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी उत्तम अधिकारीले एक सय ८९ र अर्का प्रतिषप्रधी काजिराम अधिकारीले २५ मत प्राप्त गरे ।

सभापति र प्रदेश अधिवेशन प्रतिनिधीमा निर्वाचन भएकाे यस प्रदेशकाे उप सभापतिमा अर्जुन भट्टराई र कृष्ण प्रसाद रेग्मी निर्विरोध चयन भएका थिए भने सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी सर्वसम्मत चयन भएका छन ।

यसैगरी सह सचिवमा गोबिन्द बास्कोटा र सुवास थापा चयन भए ।

नेपाली काँग्रेसकाे १४ आै अधिवेशन अन्तरगत हिजाे मंगलबार गोरखाका दुई निर्वाचन क्षेत्रका ४ वटा प्रदेश सभामा अधिवेशन सकिएकाे बताइएकाे छ ।

यसअघि काँग्रेसले गोरखाका ९४ वडा र ११ पालिकाकाे अधिवेशन सक्काइसकेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार