• बिहिबार, साउन १४ २०८३

काँग्रेस अधिवेशन: गोरखा क्षेत्र नम्बर २ काे प्रदेश ‘क’ सभापतिमा गुरुङ (अरु पदमा काे-काे ?)


बुधबार, असोज १३ २०७८
1.5K
Shares

गोरखा । नेपाली कांग्रेसको क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ (नारायण) बिजयी भएका छन् । मंगलबार भएकाे अधिवेशनबाट गुरुङ सभापतिमा निर्वाचित भएका हुन ।

उनले १ सय ७९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी भानुभक्त थापाले १ सय ४ मत पाएका थिए । गुरुङ पालुङटार नगरपालिकाका हुन भने थापा गोरखा नगरपालिकाका हुन ।

त्यस्तै अधिवेशनबाट उप सभापति कमलादेवी देबकोटा र केदारनाथ देवकाेटा निर्वाचित भएका छन् । कमलादेविले १ सय ९० मत प्राप्त गरिन भने केदारनाथले १ सय ७७ मत पाएका छन् । उनिहरुका निकटतम प्रतिस्प्रद्धि गोकर्णसिं बस्नेतले १ सय ४ मत ल्याएकाे निर्वाचन समितीले जनाएकाे छ ।

यसैगरी सचिवमा सुरज श्रेष्ठले सर्बाधिक लाेकप्रिय मत पाएका छन् । दुई सचिवका लागि तिन जनाकाे प्रतिस्प्रर्धा रहेकाेमा श्रेष्ठले २ सय २४ मत प्राप्त गरी विजयी बनेका हुन । त्यस्तै अर्का सचिवमा एक सय ७९ मतले प्रसान्त देबकोटा बिजयी बनेकाे निर्वाचन समितले जनाएकाे छ । उनिहरुका प्रतिस्प्रधी दिक्पाल अधिकारीले ९३ मत ल्याए ।

यसैगरी सह सचिव पदमा एक सय ६७ मत पाएर सुजना पन्त र एक सय ३६ मतले किरण आले बिजयी बने । मत गणना आज बिहान करिब पाैने ४ बजे सकिएको बताइएकाे छ । नेपाली काँग्रेसकाे १४ आै अधिवेशन अन्तरगत हिजाे मंगलबार गोरखाका दुई निर्वाचन क्षेत्रका ४ वटा प्रदेश सभामा अधिवेशन सकिएकाे बताइएकाे छ ।

यसअघि काँग्रेसले गोरखाका ९४ वडा र ११ पालिकाकाे अधिवेशन सक्काइसकेकाे छ ।

हेर्नुस प्रदेश अधिवेशन प्रतिनिधीमा कसले कति मत ल्याए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार