• बिहिबार, साउन १४ २०८३

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट


मंगलबार, असोज १२ २०७८
915
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता विशाल न्यौपानेले मन्त्री खड्काको शपथ वैधानिक तवरबाट नभएको भन्दै रिट दायर गरेका हुन् । गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

रिटमा भनिएको छ, ‘शपथसम्बन्धी अध्यादेश २०७८ संसदमा पेश भएपनि पारित नभइ निस्क्रिय भएको सन्दर्भमा सरकारले संविधान कार्यान्यवयन गर्ने संवैधानिक दायित्व निर्वाहा गर्नका लागि शपथसमबन्धी अध्यादेश २०७८ पारित गरी शपथसम्बन्धी कानुन बनाउन अग्रसर लिन जरुरी छ।

संविधानको प्रावधान विपरीत एकपटक कानुन जारी भइ लागुसमेत भएर कानुन बमोजिम शपथ ग्रहण भइसकेपछि अध्यादेश जारी हुनपूर्व भएका सम्पूर्ण शपथ कानुनबमोजिम अध्यादेश बमोजिम भएको भनिएकोमा अध्यादेश जारी हुनुपूर्व प्रचलनमा रहेको परम्पराको अभ्यास गर्नु संविधानको धारा ८० को प्रतिकुल बमोजिम हुन जान्छ ।’

मुद्दाको अन्तिम टुङगो नलागेसम्मको लागि मिति २०७८र०६र०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाइ शपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्नु नगराउनू र संविधानको धारा ८० बमोजिम संघीय कानुन निर्माण नगरी कसैलाई पनि मन्त्रीको हैसियतले शपथ ग्रहण नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७३ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाऊँ ’ भनि रिटमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार