नेपाली कांग्रेसको गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका छन् ।
आज आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन । सभापति सँगै अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।
उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने, ऋषिराम लामिछाने चयन भएका छन । त्यस्तै सह सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका हुन ।