• बिहिबार, साउन १४ २०८३

वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै


मंगलबार, असोज १२ २०७८
725
Shares

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचार गर्न थाइल्याण्डको बैंकक लगिने भएको छ।

जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बुधबार बैंककस्थित पहिले उपचार गरेकै समितिभेज अस्पतालमालगिन लागिने भएको हो ।

सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो।
तीन दिनअघि जण्डिस देखिएपछि पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहान वर्षमानलाई भेट्न उनको निवास पुगेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार