• बिहिबार, साउन १४ २०८३

काँग्रेस महाधिवेशन: गोरखाका ४ वटै प्रदेशकाे अधिवेशन आज, यस्ताे छ निर्वाचन तालिका


मंगलबार, असोज १२ २०७८
1.3K
Shares

गोरखा । वडा र पालिका तहकाे अधिवेशन सकेकाे नेपाली काँग्रेसकाे आज प्रदेश तहकाे अधिवेशन हुदैछ । यसअघि ९४ वडा र २ नगरपालिकासहित ११ वटै पालिकाकाे नेतृत्व चुनिसकेकाे काँग्रेसले आज मंगलबार क्षेत्र नम्बर १ र २ मा गरी ४ प्रदेशसभाकाे नेतृत्वसहित कार्यसमिती र प्रदेश अधिवेशन टुंगाउदैछ ।

जसमा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क को गोरखा सदरमुकाम र प्रदेश ख को आरुघाट बजारमा अधिवेश हुने काँग्रेसले जनाएकाे छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ प्रदेश क को पालुङटारकाे ठाँटीपाेखरी र प्रदेश ख को भच्चेक बजारमा अधिवेशनको कार्यक्रम तोकिएको सहायक निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

त्यस्तै निर्वाचन समितीले आज हुने ४ वटै प्रदेश सभाकाे अधिवेशनकाे निर्वाचन तालिका सार्वजनीक गरेको छ । जसमा बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । ८ः३० बजे देखि १०ः४५ बजे सम्म उमेद्धवारी दर्ताको समय तोकिएको बताइएकाे छ ।

यसैगरी बिहान ११ :१५ देखि ११ः३० बजे नेपाली बणानुक्रम अनुसार उमेद्धवारको नामावली प्रकाशन गरिनेछ । ११ः३० देखि १२ः१० बजे सम्म उमेद्धवारीमा दावी बिरोध तथा मनोनयन फिर्ता लिने समय तोकिएको छ । १२ : ३० बजे अन्तिम नामावली प्रकाशन र १ः३० देखि ४ः३० सम्म मतदान हुने सहायक निर्वाचन अधिकृत थापाले बताए ।

बेलुकी ७ बजे सम्म मतगणना सक्ने गरी तालिका बनाइएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार