• बिहिबार, साउन १४ २०८३

एमसीसी संशोधन हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का


सोमबार, असोज ११ २०७८
575
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले एमसीसीमा सहि छाप गरिसकिएको भन्दै संशोधन हुन नसक्ने बताएका हुन् ।

सामाजिक सञ्जालले एमसीसीबारे नकारात्मक प्रचार गरेको बताए । बाबुराम भट्टराईको नेतृत्वको सरकारबाट एमसीसी सुरु भएको र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाखेरी त्यतिबेलाका अर्थमन्त्रीलाई पठाएर हस्ताक्षर भएकोले सबै दलका नेतृत्वले नै यदि संशोधन गर्ने नै हो भने त्यतिबेला पास गर्न नहुने बताउनुभयो ।

उनले निवर्तमान प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले बोली फेरेको बताए ।

एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई अवगत रहेको भन्दै बाहिर हल्लागरेजस्तो एमसीसी नभएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार