काठमाडौं । राष्ट्रियसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ पारित गरेको छ ।
प्रतिपक्षी दल एमालेको अवरोधका बीच दुई विधेयक पारित भएका हुन् ।
आज सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।
दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएको थियो । योसँगै आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ पुनः प्रतिनिधि सभामा जानेछन् ।
प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जानेछ ।
अब राष्ट्रियसभाको अर्को बैठक असोज १७ गते दिउँसो १ बजे बस्नेछ ।