• शनिबार, साउन ९ २०८३

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल


सोमबार, फाल्गुन १२ २०७६
1.2K
Shares

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान झन्डै १ घण्टा छलफल भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार भेटवार्ता सोमबार बिहान करिब १० बजेदेखि ११ बजेसम्म भएको हो।

दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार