गोरखा । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट बिद्यार्थीहरुले अनेरास्ववियू गोरखा–काठमाण्डौ सम्पर्क कमिटि गठन गरेका छन् । शनिवार काठमाण्डौमा भएको बिद्यार्थीहरुको भेलाले प्रखर लामिछाने अध्यक्ष रहेको ७१ सदस्यीय कमिटि गठन गरेको हो ।

कमिटिको बरिष्ठ उपाध्यक्षमा हिमाल बोगटी, उपाध्यक्षमा रमा भट्ट, दिपक लामिछाने र सुरज लामिछाने, सचिवमा अनिल बस्न्यात चयन भएका छन् । त्यस्तै सहचिवमा भिष्म भट्ट, सौगात बस्नेत, विप्लव बस्नेत, अर्जुन लामिछाने र मनोज खड्का र कोषाध्यक्षमा रविन भट्ट लगायत अन्य सदस्य रहेका छन् । अनेरास्ववियू गोरखा जिल्ला कमिटि अध्यक्ष एवं केन्द्रिय कमिटि सचिवालय सदस्य सचिन भट्टराईको अध्यक्षतामा भएको भेलाले ३३ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।

भेलामा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय कमिटि अध्यक्ष सुदेश पराजुली, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष यादव बस्नेत, सचिवालय सदस्य बिकल कुमार श्रेष्ठ, बिशेश्वर कट्टेल, अनेरास्ववियू केन्द्रिय कमिटि उपाध्यक्ष केशरी रेग्मी, कोषाध्यष दिपेश प्रसाइ लगायतको सहभागीता रहेको थियो । भेलाले अनेरास्ववियू गोरखाको संगठनलाई थप मजवुद गर्दै लैजाने निर्णय समेत गरेको छ ।