
गोरखा । नेपाली काङ्ग्रेसको आज गोरखाका ११ वटै स्थानीय तहमा अधिवेशन चलिरहेको छ । जसमा ६ पालिकामा सर्वसम्मत समिती चयन गर्न सफल भएको कांग्रेसको अन्य ५ पालिकामा भने चुनावी प्रकृया मार्फत कार्यसमिति चयन गर्ने प्रकृया चलिरहेको बताइएको छ ।


जसमा गोरखा नगरपालिकाको नगरसभापतिमा चन्दन बाबु खत्री निर्वाचित भएका छन् । २ सय ६९ मतदाता रहेको गोरखा नगरपालिकामा २ सय ६३ भोट खसेको थियो जसमा खत्रीले १ सय ५१ मत ल्याई विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी डिलबहादुर थापा मगरले १ सय ७ मत प्राप्त गरेका छन् । खत्री यसअघिका समेत नगरसभापति हुन भने थापा नेपाल भूपू सैनिक संघ गोरखाका जिल्ला अध्यक्ष हुन । त्यस्तै उनि गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष समेत हुन ।
गोरखा नगरपालिकाको अधिवेशनमा सभापतिसहित उपसभापति र सचिवमा समेत चुनाव भएको थियो । जसमा उपसभापतिमा विश्वेश्वर श्रेष्ठ १७८ र मित्रा कुमारी परियार १४० मतका साथ विजयी बनेका छन् । २ उपसभापतिका लागि भएको चुनावमा १२७ मत प्राप्त गरेका ढलक बहादुर अधिकारी पराजित भएका छन् ।

त्यस्तै सचिवमा अत्याधिक मतका साथ सावित्रा थापा पुलामी मगर विजयी बनेकी छिन् । उनले सर्वाधिक १९२ मत ल्याएकी निर्वाचन समितिले जनाएको छ । दुई सचिवका लागि भएको चुनावबाट ११७ मतका साथ दिपेन्द्र श्रेष्ठ समेत निर्वाचित भएका छन् ।
उनिहरुले निकटतम प्रतिद्धन्ती ताराबहादुर खड्का र राजकुमार श्रेष्ठलाई पराजित गरेका हुन । खड्काले ११५ र श्रेष्ठले ४३ मत प्राप्त गरेको समितिले जानाएको छ ।

त्यस्तै नगरसमितिको सहसचिवहरुमा विष्णु थापा मगर र खिलबहादुर कुवँर सर्वसम्मत भएका छन् भने कोषाध्यक्ष नगरसमितिले पछि मनोनित गर्ने प्रावधान छ । त्यस्तै सदस्यहरु समेत निर्विरोध चयन भएको बताइएको छ ।

