गोरखा । नेपाली काङ्ग्रेसकाे आज गोरखाका ११ वटै स्थानीय तहमा अधिवेशन चलिरहेकाे छ । जसमा ६ पालिकामा सर्वसम्मत समिती चयन गर्न सफल भएकाे कांग्रेसकाे अन्य ५ पालिकामा भने चुनावी प्रकृया चलिरहेकाे बताइएकाे छ ।
अधिवेशनका क्रममा भीमसेनथापा गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् ।
कूल सदर मतमध्य १०९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । निकटत्तम प्रतिद्वन्द्वी विदेश नराल(लक्ष्मण)ले ५२ मत प्राप्त गरेका थिए । गाउँ कार्यसमितिको उपसभापतिहरुमा नवराज अधिकारी(१०९) र कृष्ण ढकाल(१०४) विजयी भएका छन् । सचिवहरुमा टलक गुरुङ(११४) र जीवनाथ पुडासैनी(९२) निर्वाचित भएका छन् ।
यता काँग्रेसकाे बारपाक सुलीकोट गाउँपालिका समितिको सभापतिमा जीतबहादुर घले विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट घले विजयी भएका हुन् ।
कूल १३० सदर रहेकोमध्ये घलेले ८९ मत प्राप्त गरेका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए ।
गोरखामा ६ पालिकाका सभापति निर्विराेध चयन भएका छन्।
जसमा चुमनुब्री गाउँपालिकाको सभापतिमा सूर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ सर्वसम्मत चयन भएकाे सम्बन्धित पालिकामा खटिएका निर्वाचन अधिकृतले बताएका छन् ।
त्यस्तै गरी शहीद लखन गाउँपालिकाकाे सभापतिमा काशीनाथ अम्गाई, अजीरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत चयन भएका हुन् ।
यससंगै गोरखाका ११ मध्ये ८ पालिकामा सभापति लगायत कार्यसमिती टुंगिएकाे छ ।