• बिहिबार, साउन १४ २०८३

गोरखा कांग्रेस अधिवेशन: बारपाक सुलीकोटकाे सभापतिमा जीत घलेले जिते


शनिबार, असोज ९ २०७८
650
Shares

गोरखा । नेपाली काङ्ग्रेसकाे आज गोरखाका ११ वटै स्थानीय तहमा अधिवेशन चलिरहेकाे छ । जसमा ६ पालिकामा सर्वसम्मत समिती चयन गर्न सफल भएकाे कांग्रेसकाे अन्य ५ पालिकामा भने चुनावी प्रकृया चलिरहेकाे बताइएकाे छ ।

यता काँग्रेसकाे बारपाक सुलीकोट गाउँपालिका समितिको सभापतिमा जीतबहादुर घले विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट घले विजयी भएका हुन् ।

कूल १३० सदर रहेकोमध्ये घलेले ८९ मत प्राप्त गरेका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार