गोरखा । आज गोरखाका ११ वटै स्थानीय तहमा नेपाली काँग्रेसकाे अधिवेशन भइरहेकाे छ । दुई नगरपालिका र ९ गाउँपालिका रहेकाे गोरखामा ६ पालिकाका सभापति निर्विराेध चयन भएका छन्।
जसमा चुमनुब्री गाउँपालिकाको सभापतिमा सूर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ सर्वसम्मत चयन भएकाे सम्बन्धित पालिकामा खटिएका निर्वाचन अधिकृतले बताएका छन् ।
त्यस्तै गरी शहीद लखन गाउँपालिकाकाे सभापतिमा काशीनाथ अम्गाई, अजीरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत चयन भएका हुन् ।
यता गोरखाका ६ बाहेक अन्य ५ पालिकामा भने सहमती जुट्न नसकी चुनावी प्रकृया चलिरहेकाे बताइएकाे छ । जसमा गोरखा नगरपालिकामा चन्दनबाबु खत्री र डिलबहादुर थापा मगर बीच प्रतिस्प्रर्धा भइरहेको छ। पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले सभापति पदमा चुनावी प्रतिस्प्रर्धा गरिरहेका छन्। गोरखा नगरपालिकामा मतदान सकिएकाे तर मतगणनाकाे प्रकृया सुरु भइनसकेकाे बताइएकाे छ ।
भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई र दिनेश (लक्ष्मण) नरालले उमेद्वारी दर्ता गराएका छन्। बारपाक सुलिकोट गाउँपालिकामा जीतबहादुर घले र केशरी ढकालले पालिका सभापति पदमा उम्मेद्वारी दर्ता गरेका छन्।
सिरानचोक गाउँपालिकामा भने चारजनाले उम्मेद्वारी दर्ता गराएका छन्। ज्ञानेन्द्र गुरुङ, बीरबहादुर थापा, भक्तबहादुर गुरुङ र जयकृष्ण ढकालले उमेद्वारी दर्ता गराएका मतदान अधिकृतले जानकारी दिए। जहाँ याे समाचार तयार पार्दा बेलुका पाैने ७ बजेसम्म चुनावी प्रकृया सुरु हुन नसकेकाे एक नेताले सिभिलखबरलाई बताए ।