गोरखा । गोरखाका ११ वटै स्थानीय तहमा नेपाली कांग्रेसकाे आज अधिवेशन हुने भएकाे छ । २ नगरपालिका र ९ गाउँपालिका रहेकाे गोरखामा आज शनिबार काँग्रेसले अधिवेशन गर्दैछ ।
जिल्ला निर्वाचन अधिकृत देव बहादुर महतका अनुसार ११ वटै पालिकामा निर्वाचन अधिकृत खटाइसकिएकाे र सबै पालिकाकाे केन्द्रमा पुगिसकेका छन् ।
यता जिल्लाका अधिकांश पालिकामा सभापति लगायतका पदमा सहमती हुने सम्भावना कम रहेकाे कांग्रेस जानकारहरु बताउछन् । एक नेताका अनुसार चुमनुब्री र धार्चे बाहेक ९ पालिकामा निर्वाचन हुने सम्भावना बलियाे रहेकाे छ ।
एक पदका लागि पाँचजना सम्मकाे उम्मेदवारी पर्न सक्ने आँकलन गरिएकाे छ । ‘दावी र आकांक्षा हेर्ने हाे भने त उम्मेदवार कति हाे कति, तर अन्तिममा केहिले हात झिक्न सक्छन’ कांग्रेसका एक नेताले भने ‘सहमती भएर निर्विराेध हुने सम्भावना चाहि उत्तरी क्षेत्रका पालिका बाहेकमा कम छ, सबैमा चुनावी प्रकृया नै हुन्छ हाेला ।’