• बिहिबार, साउन १४ २०८३

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : बादल


शुक्रबार, असोज ८ २०७८
545
Shares


पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापा (बादल)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए । “स्रोत नखुलाइ लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार